सडक नाटक मार्फत समाजिक सचेतना र सामाजिक जागरणमा कर्णाली कला केन्द्रको अद्भूत सफलताको कथा

सडक नाटक मार्फत समाजिक सचेतना र सामाजिक जागरणमा कर्णाली कला केन्द्रको अद्भूत सफलताको कथा

म आनन्द अधिकारी हु। म बर्ष ३५ को भए। मैलै जुम्ला जिल्लामा रहेर हास्यकालाकारिताको क्षेत्रमा विगत २२ बर्ष देखि कार्यरत छु। जुम्ला जस्ता विकट क्षेत्रमा मात्र होईन नेपालका शहरबजारमा समेत कालारिता क्षेत्रलाई वृत्ति विकासको क्षेत्रमा रूपमा विकार्ने चूनौती मैले स्वतस्फूर्त रूपमा स्वइकार्य र यो क्षेत्रमा रहेरै आफनो जीवनको सबै समय उपयोग गरिसक्ए। शुरुका दिनहरूमा बागिना समुहमा आवद्ध रहेर नाट्य विधावाट शुरु गरेको कालाकारिता क्षेत्रबाट मैले हास्यकारिता पनि प्रारभ्भ गरे। विगतका दिनहरूमा सडक नाटकलाई स्थापित गर्न धेरै संर्धर्ष गर्नू प-र्यो। जुम्ला जिल्लाका हरेक गाउँमा बस्तिमा सुरक्षित गर्वधारण, पोषण स्वास्थ्यका विषयमा सडक नाटकलाई एक सामाजिक अभियानकारूप लिनकालाीग मेरो नेतृत्वमा कर्णाली कला केन्द्र नामक संस्था स्थापना गरि निरन्तर सामाजिक सरोकारका विविध विषयमा जनचेतना अभिवृद्धि गर्ने महाअभियानमा लागेको २० वर्ष पो पुगेछ। सडक नाटकको प्रभावकारिता, यसको बढ्दा आर्कषण र समाजिको तल्लो तहसम्म सजिलै हाँसै हासोमा जीवनमा चाहिने अति आवश्यक सूचना र जानकारी प्राप्त हुनेहुदा यसको बजारिकरणमा ब्यापकता हुदै गएको छ। हामीले जिल्ला स्थित सरकारी, गैह्र सरकारी संघ संस्थाहरूसंगको साझदारीमा जन स्वास्थ्यका विभिन्न विषयहरूमा, सामाजिक कुरिति र कुप्रथाका विषयमा, जन सरोकारका विभिन्न विषयहरूमा नागरिक अधिकार, मानव अधिकार र सामाजिक चेतनाका विभिन्न बिषयमा हामीले योगदान दिदै आईरहदा, यो विधामार्फत समाजमा सचेतना अभिवृद्धिभै सुत्केरि आमा, बालस्वास्थ्य, मानव अधिकार तथा अन्य क्षेत्रमा सकारात्मक परिर्वतन भएको छ।

बिगत १ बर्ष देखि सूर्य सामाजिक सेवा संघ जुम्लाद्धारा आब्हान गरिएको प्रस्तावना पेश गरि ग्ग्रमीण सेवा प्रदायकका रूपमा छनौट भई सडक नाटक मार्फत खाध विविधक्ता, पोषणको आवश्यकता, जैविक खेती प्रणालीका विषयमा ग्ग्रमीण सेवा प्रदायकहरूको क्षमता अभिवृद्धिकार्यक्रममा सहभागि हुदा यस सम्वन्धमा सैद्धान्तिक र ब्यवाहारिक ज्ञान प्राप्त गरि यस अभियानमा लाग्दाका अनुभव भने अन्य कार्यक्रम भन्दा बढि रोचक र उपलब्धिमूल भयो। यस कार्यक्रमवाट प्रस्तावना तयारी, श्रोतको खोजी र त्यसको प्रभावकारी परिचालन, स्थानीय सरकारसंगको सहकार्य तथा साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने रणनीतिक तथा कार्यनीतिका सम्वन्धमा जानकारी पाउँदा कर्णाली कला केन्द्रको संस्थागत विकासमा र यस संस्थालाई समाजमा स्थापित गर्नेक्रममा यो कार्यक्रम फलदायी भयो । यस बर्ष हामीले जैवीक खेती प्रणाली, उत्पादनको अभिवृद्धि, कृषि उपजहरूको उत्पादकत्वपरान्त ब्यवस्थापन र बजारीकरणका सम्वन्धमा तातोपानी गाउँपालिका र पातारारि गाउँपालिकामा प्रस्ताव पेश गरि कार्यक्रम सञ्चालन गर्दा यस बर्ष तातोपानी गाउँपालिका संग रु २,००,००० दुई लाख र पातारासि गाउँपालिका संग रु १,००,००० एकलाखको कार्यक्रम सञ्चालन भयो। उक्त कार्यक्रमाबाट करिव ५०० जना स्थानीय जनतालाई जैविक खेती प्रणाली, कृषि उत्पादन खाध्य विविधता र यसको महत्वका विषयमा स्थानीय भाषमा जानकारी दिदा सबै वर्ग, तह र ग्ामीण वस्तिमा समेत जनचेतना अभिवृद्धि हुदै गैरहेको छ।

ग्रामीण सेवा प्रदायक धनराज सुनार
ग्रामीण सेवा प्रदायक,
हास्यकालाकार कलाकार श्री आनन्द अधिकारी

Share Story

Comment